गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति

astha_raut
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी गायिका राउतलाई काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप उनीमाथि छ। आफूलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी जवान रमिसा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन्।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो। भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सार्वजनिक गरेकी थिइन्। भिडियोमा राउतले आफूमाथि दुव्र्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन्।