दिनको चार कप कफीले घटाउँछ यी रोग

coffee
लाेकपाटी न्यूज

काठमाडौं। हालै एक अध्ययनले कफी खानेहरूको आयु लामो हुने देखाएको छ। हालै अमेरिकामा भएको एक अध्ययनले कफी नखानेहरूको तुलनामा खानेहरूको आयु लामो हुने देखाएको हो।

कहिल्यै कफी नपिउने वा कहिलेकाहीँ पिउनेका तुलनामा नियमित पिउनेहरूको अल्पायुमै निधन हुने सम्भावना ६४ प्रतिशत कम भएको अध्ययनले देखाएको छ। ४५ वर्षमाथिकालाई झनै फाइदाजनक देखिएको छ। उमेर बढेसँगै स्वास्थ्यमा आउने समस्याहरू कम गर्न कफी निकै लाभदायक भएको अध्ययनको निष्कर्ष रहेको छ। उमेर घर्किँदै गएकाहरूले कफी पिउनु थप लाभदायक रहेको छ।

राष्ट्रिय क्यान्सर इन्सटिच्युटको सहकार्यमा भएको उक्त अध्ययनमा झण्डै एक लाख ८६ हजार सहभागी थिए। ४५ देखि ७५ वर्षका सहभागीलाई उक्त अध्ययनका लागि करिव १६ वर्ष निगरानी गरिएको थियो।अध्ययनले कफी पिउनेको तुलनामा नपिउनेहरूको मृत्यु चाँडै भएको फेला पारेको थियो।

मृत्यु हुने मुख्य कारण हृदयाघात, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह र मिर्गौलाका समस्या थिए। कफीले यी रोगको सम्भाव्यता कम गर्ने पाइएको छ। साथै कलेजो, अल्जाइमर्स र छालाको क्यान्सर जोखिम कम गर्ने अध्येताहरूले बताएका छन्। यो अध्ययनमा दैनिक कम्तिमा चार कप कफी पिउने २० हजार जना सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्