कोहलपुर नगरपालिकामा तालाबन्दी

pic
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ जुम्ला, १३ माघ। कोहलपुर नगरपालिकामा सोमबार १ घण्टा तालाबन्दी भएको छ। राष्ट्रमुखी निर्माण सेवा कोहलपुरले आफूले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको मुल गेटमा ताला लगाएको थियो।

त्रिपुणा गणदेखि गोरखा स्कूल हुँदै इन्देणी चोकसम्म जाने सडक निर्माणका लागि राष्ट्रमुखी निर्माण सेवाले जिम्मा लिएको थियो। करिव २ करोड ६ लाख बराबर सडक निर्माणको जिम्मा लिएको निर्माण सेवाले रनिङ्ग बिलमा ६५ लाख मात्र लिएको राष्ट्रमुखी निर्माण सेवाका कर्मचारी गौरव रावतले बताए।

आफूले सडक निर्माणको पाउनुपर्ने रकम नपाएपछि बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नु परेको रावतले बताए। कोहलपुर नगरपालिका र निर्माण सेवाबीच निर्माण गर्ने सम्झौता भएको थियो। नगरपालिका जनप्रतिनिधी, कर्मचारी र निर्माण सेवा कम्पनीबीच छलफल पश्चात नगरपालिकामा लगाइएको ताला खोलिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्