ठग बाबाकाे महायज्ञ राेकियाे, नयाँ युवा पण्डित रेग्मि आउँदै

thag baba
लाेकपाटी न्यूज

चितवन, १३ माघ। नारायणी नदि किनारमा जारी महायज्ञका मुख्य बाचक परिवर्तन हुने भएका छन। कोटीहोम महायज्ञका वाचक स्वामी बाल योगेश्वर महाराजको बारेमा विभिन्न सञ्चार माध्यममा ठगीको घटनामा संलग्न भएको समाचार सार्वजनिक भएपछी आयोजकले ठग बाबाले परिचित महाराजलाई सो महायज्ञबाट हटाउन लागेको हो ।

श्रोतका अनुसार सो महायज्ञमा उनको ठाँँउमा अर्का युवा पण्डितलाई राख्ने पक्का भएको बताइएको छ । सो महायज्ञमा युवा पण्डित ईश्वर रेग्मीलाई ल्याउन लागेको हो। उनी प्रखर श्रीमद्भभागवत बाचक हुन्। आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको सकृयतामा नारायणी नदी किनारामा ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघी मेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ गर्न लागिएको थियो ।

महायज्ञ विवादको भूमरिमा परेपछि महायज्ञ आयोजक संस्थाले महायज्ञमा प्रमूख वाचक रहेका स्वामी बालयोज्ञश्वरलाई प्रवचनका लागि रोक लगाएको छ। सोमबार महायज्ञमा प्रमूख वाचक नै नभएपछि मानिसहरुको चहलपहल पनि खासै देखिएको थिएन। सञ्चारमाध्यमबाट महाराजको समाचार सार्वजनिक भएपछि उपराष्ट्रपती नन्दबहादुर पुनले उक्त महायज्ञ उद्घाटन नगरि शनिबार काठमाडौं फर्किएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्