प्रधानमन्त्रीद्वारा सभामूख सापकोटालाई बधाई, के भने ?

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ। नवनिर्वाचित सभामूख अग्निप्रसाद सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। मंगलबार प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामूख सापकोटालाई बधाई दिएका हुन्।

‘कार्यकाल सफल रहोस्। हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी व्यक्त गर्न चाहन्छु। यस काममा सफलता मिलोस्। दल, सरकार र मेरो तर्फबाट बधाई तथा शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने।

उनले सर्वसम्मत ढंगले सभामूख चयन हुनु सकारात्मक रहेको बताए। उनले संविधानको मर्मअनुसार कार्यान्वयन र कानूनसम्मत र मर्यादित ढंगले संसद अघि बढाउन सफलतापूर्वक मिल्ने विश्वास व्यक्त गरे।सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहन्छने बताए।