आस्था राउत सरकारी वकिलको कार्यालयमा

astha raut
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। प्रहरी हिरासतमा रहेकी गायिका राउतलाई मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो।

राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।