कुमारीत्व उपचार के हो ?

gettyi a
लाेकपाटी न्यूज

बीबीसी। यूकेमा अभियानकर्मीहरूले कुमारीत्व उपचारलाई सरकारले गैरकानूनी बनाउनुपर्ने माग गरिरहेका छन्।उनीहरूका अनुसार त्यस्तो शल्यक्रिया गर्ने महिला प्रायः मुस्लिम समुदायका हुने र तिनले पति वा परिवारले विवाहअघि नै यौनसम्पर्क गरेको थाहा पाए आफू बहिष्कृत हुने वा मारिने डरले त्यस्तो गर्ने बताउने गरेका छन्।

हाइमनोप्ल्यास्टी भनिने योनीद्वारमा रहने झिल्लीलाई पुरानै अवस्थामा फर्काउने शल्यक्रियालाई कुमारीत्व उपचार भन्ने गरिएको छ। छेदन नभएको झिल्लीलाई कुमारीत्वको चिह्न मान्ने गरिएको छ र कतिपय महिला विवाहको पहिलो रात आफू कुमारी रहेको प्रमाणित गर्ने दबावमा हुन्छन्।

अभियानकर्मीहरूले स्वास्थ्यको दृष्टिकोणले लाभप्रद नभएको यो प्रक्रियाले महिलामाथि शोषण हुने गरेको बताएका छन्। तर प्रतिबन्ध लगाइँदा अवैधाधिक रूपमा यो विधिले निरन्तराता पाउने डर छ।यूकेको स्वास्थ्य निर्देशिकाका अनुसार यदि डर वा दबावका कारण महिलाले त्यस्तो उपचार गर्न लागेका हुन् भने तिनले दिएको सहमतिमाथि प्रश्न उठाउनुपर्छ।

यूकेमा अहिले कम्तीमा २२ निजी क्लिनिकमा त्यस्तो शल्यक्रिया गरिने द सन्डे टाइम्स पत्रिकाको एउटा अनुसन्धानले देखाएको छ। एक घण्टा लाग्ने सो शल्यक्रियाका लागि ३,००० पाउन्डसम्म शुल्क लिने देखिएको छ। विवाहको पहिलो रात आफूलाई चोखो प्रमाणित गर्नुपर्ने मुस्लिम महिलाहरूको डरबाट त्यस्ता क्लिनिकले फाइदा लिइरहेको महिला अधिकारकर्मीहरूले बताएका छन्।

धेरै क्लिनिकले आफ्नो वेबसाइटमा त्यसको विज्ञापन पनि गर्छन्। लण्डनको एउटा क्लिनिकले महिलालाई पतिले पत्नीको कुमारीत्व भङ्ग भइसकेको थाहा पाउँदा विवाह भङ्ग भएको पनि बताउने गरेका छ। बीबीसीले सो क्लिनिकलाई सम्पर्क गरेको भएको पनि कुनै प्रतिक्रिया पाएको छैन। यूकेका स्वास्थ्यमन्त्री म्याट हान्ककले यो भयानक अभ्यासु अन्त्य गर्न अनुसन्धान गर्ने बताएका छन्। तर स्वास्थ्य मन्त्रालयले कसरी सम्भावित प्रतिबन्ध लागु हुन्छ भन्ने बारे बताएको छैन।

ताहिरी भन्छन्, प्रतिबन्ध यदि सही तरिकाले लगाइएन भने महिलाहरूको ज्यान जान सक्छ। तर प्रतिबन्ध उपयुक्त नभएको धारणा लन्डन स्कूल अफ मेडिसिनका डा. खालिद खानको छ। उनका अनुसार महिलाहरूलाई यस विषयमा जानकारी दिनुपर्छ र निर्णय गर्न उनीहरूलाई नै छोडिदिनुपर्छ।

तर ब्रिटिश सोसाइटी अफ पेडियाट्रिक एन्ड एडलेसन्ट गाइनकोलजीका अध्यक्ष डा. नाअमी क्रोचलाई स्वास्थ्यसम्बन्धी फाइदा केही नभएको प्रक्रिया अपनाउन महिलासँग बलजफ्ती हुन सक्ने चिन्ता व्यक्त गर्छिन्। चिकित्सकको जिम्मेवारी निर्देशिकामा भनिएको कुरा स्पष्ट पार्नु हो, उनले भनिन्।

हामीले उपचार गरिने व्यक्तिलाई कुनै पनि प्रकारको हानि नपु¥याउने शपथ लिएका हुन्छौँ। योनी राम्रो बनाउने अन्य प्रकारका शल्यक्रिया पनि चर्चित बनिरहेका छन्। उदाहरणका लागि लेबियाप्ल्यास्टीमा योनीको बाहिरी आकारलाई मिलाइन्छ। अभियानकर्मीहरू यस्ता प्रक्रियाका दीर्घकालीन असरबारे र महिलाहरूलाई प्रक्रिया अगाडि आवश्यक मनोवैज्ञानिक सहायता नभएकाले चिन्तित छन्।

ताहिरी भन्छिन्,यी महिलाहरूले कुनै अवस्थामा आफूलाई मानवका रूपमा भन्दा पनि अरूले चाहेको वस्तुको रूपमा देख्छन्। मुस्लिम महिलाका लागि लाजको भावना र सजाय भोग्नुपर्ने डरले यस्तो प्रक्रियामा सहभागी हुने कारक बन्छ।
अन्यका लागि समाजले तोकेको कुरामा आफ्नो शरीरसँग असन्तुष्टि कारक हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्