सुर्खेत। वीरेन्द्रनगरमा टिप्परले किचेर एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलन नियन्त्रणका क्रममा प्रहरी गोली चलाएको छ। कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररुप लिँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो भने अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताएका छन्। स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएको जनाएको छन्।
स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका हुन्।