पर्यटन बोर्डको सीईओमा डा. धनञ्जय रेग्मी

turist board pic
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमूख कार्यकारी अधिकृत (सीइओ)मा डा. धनञ्जय रेग्मी छनोट भएका छन्।

मंगलबार बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसहित बसेको बैठकले रेग्मीलाई सीईओका लागि छनोट गरेको हो। निवर्तमान दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मंसिर १८ गते विज्ञापन खुलाइएको थियो।

विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए। त्यसमध्ये उपसमितिले काशीराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो। बोर्डको सीईओको कार्यकाल चार वर्षको हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्