राज्यमन्त्री झाद्वारा पदबाट राजीनामा

Dimpal kumari jha
लाेकपाटी न्यूज

जनकपुर, १४ माघ। प्रदेश नम्बर दुईकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाकाबीच राज्यमन्त्री झाले राजीनामा दिएकी हुन्।

राज्यमन्त्री झाले आफू सरकारको कामबाट सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी छिन्। उनले एकलौटी रूपमा प्रदेश सरकारले काम गरिरहेको आरोप समेत लगाइन्।

राजपा नेपालबाट राज्यमन्त्री बनेकी झाले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्