सकियो नेकपा सचिवालय बैठक : केन्द्रीय समितिका सात एजेण्डा तय

Nekapa_sachibalaya
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बेलुका बसेको हो ।

नेकपाको केन्द्रीय समिति बैठक भोली ११ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुँदैछ। भोली (बुधबार) बाट बस्ने नेकपा केन्द्रीय समिति बैठकका लागि सात वटा एजेण्डा तय भएका छन्। मंगलबार बेलुका बसेको नेकपाको सचिवालय बैठकले सात एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठकका एजेण्डाहरुमा सहीदहरुप्रति श्रद्धान्जली, प्रधानमन्त्रीको उद्घाटन मन्तव्य, अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलको सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेश गर्ने एजेण्डा तय भएका हुन्।

त्यस्तै सातवटै प्रदेशका अध्यक्षले प्रदेशको पार्टी संगठनात्मक अवस्थाबारे रिपोर्ट पेश गर्ने, समसामयिक प्रस्ताव पेश गर्ने र विविध गरेर सातवटा एजेण्डा तयार पारिएको श्रेष्ठले जानकारी दिए।