काठमाडौं, १४ माघ। एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी मोबाइल खरिदमा विशेष छुट मिल्ने भएको छ। एनआईसी एशिया बैंककले ग्राहकको आवश्यकता तथा सन्तुष्टीलाई प्राथमिकतामा राखेर सामसुङ ग्यालेक्सी मोबाइलसँग सम्झौता गरेको हो।
ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै बैंकले सामसुङ ग्यालेक्सी एस १०/एस१० प्लस र सामसङ ग्यालेक्सी नोट१०/ नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको हो। सामसङ ग्यालेक्सी एस१०/एस१०प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लसमा एनआईसी एशियाको डेविट कार्ड/क्रेडिट कार्डरक्यूआरबाट खरिद गर्दा १५५ वा अधिकतम तीन हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यो अफर एनआईसी एशिया बैंकका कार्ड मेसिन भएका सामसुङका सम्पूर्ण आउटलेटहरुमा यही फेब्रुअरी २८ सम्म उपलब्ध हुनेछ । बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ।
यसै अनुरुप बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १% देखि ५०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट हो।
उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सक्नुहुनेछ जुन बैंकले आफ्नो Website मा अध्यावधिक गरि राखेको छ।
विद्युतिय भुक्तानीलाई थप सरल बनाउनुको साथसाथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट POS तथा १२,००० भन्दा बढि स्थानहरुबाट QR सेवा प्रदान गर्दै आइरहेको छ जुन संख्या हाल बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मध्ये पर्दछ।
बैंकलाई ग्राहकले गरेको विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
करिव २० लाख ग्राहका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिव ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।