धर्म, संस्कृति र पुराणमा के के छन् ?

angkorwat
लाेकपाटी न्यूज

काठमाडौं । विश्वको सबैभन्दा ठूलो हिन्दु मन्दिर कम्बोडियाको अङ्कोरभाट हो। पशुपतिनाथलाई पारसनाथको नामले पनि चिनिन्छ । गायत्री मन्त्रमा २४ वटा अक्षर छन् । गायत्री मन्त्र ऋग्वेदमा उल्लेख छ । गायत्री मन्त्रमा सूर्य देवताको प्रशंसा गरिएको छ ।

हिन्दु धर्म मान्ने व्यक्तिको मृत्यु पछि काजक्रिया गर्दा गरुण पुराण सुनाइन्छ । १८ हात भएकी वहान सिंहमा बसेकी दुर्गालाई उग्रचण्डी नामले चिनिन्छ । वेदव्यासलाई भगवान विष्णुको अवतार मानिन्छ । वैजयन्ती विष्णुको माला हो । सामवेदबाट संगीतको उत्पति भएको मानिन्छ। नेपालको आदिप्रयास र हरिहर क्षेत्रले देवघाट तिर्थस्थाललाई बुझाउछ । कुवेरको बगैचालाई चैत्ररथ भनिन्छ ।रावणको वगैचालाई अशोक वाटिका भनिन्छ ।

हनुमानले स्थापना गरेको शिवलिङ्गलाई अनुमति भनिन्छ । भ्गवान रामले स्थापना गरेको शिवलिङ्गलाई रामेश्वर भनिन्छ । क्रिश्चियनहरुको धार्मिक मण्डलीलाई कलसिया भनेर चिनिन्छ । ऋग्वेदलाई सबैभन्दा पुरानो वेद मानिन्छ । यस वेदमा देवीदेवताको स्तुति गरिएको हुन्छ । ऋग्वेदमा सनातन धर्म अथवा हिन्दु धर्मको स्रोत छ । ऋग्वेदमा १० मण्डल, बालखिल्य सहित१ हजार २८ शुक्ति । १० हजार५ सय८० ऋचा हुन्छन् । वेदहरुमा सबैभन्दा सानो वेद सामवेद हो ।

हिजारी सम्वत अनुसार अन्तिम महिना अर्थात १२ औं महिना जिल्हिज्जा हो । यो महिनामा बकरइद मनाइने र हज जाने गरिन्छ । पार्वतीको वाहन विरालो हो । भगवान कृष्णको शंखलाई पाञ्चजन्य भनिन्छ । नेपालको सबैभन्दा पुरानो तन्त्र विद्या सुमतितन्त्र विद्यालाई मानिन्छ । बुद्ध धर्मालम्बीहरुकोमा झण्डा भएको ५ वटा रङ्गहरु कलेजी रङ्गले अन्तस्करण, पहेलो रङ्ग अस्ति धातु, निलो रङ्ग शरीर, रातो रङ्गले रातो र सेतो रङ्गले दाातलाई जनाउछ ।

जयद्रथ द्रौपदी हरण गर्ने सिन्धु देशका राजा हुन् । जयद्रथ दुर्योधनकी बहिनी दुःशलाका पति हुन् । भिष्म पितामहलाई देवव्रतको नामले चिनिन्छ । भाइटिका कार्तिक शुक्ल द्वितीयामा पर्छ । गाई जात्रा भाद्र कृष्ण प्रतिपदामा पर्छ ।आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औंसी वैशाख कृष्ण औंसीमा पर्दछ । को मुख हेर्ने अर्थात कु औंसी भाद्र कृष्ण औसीमा पर्दछ । वर्ष र दयाको देवता भनेर मच्छिन्द्रनाथलाई चिनिन्छ ।

धृतराष्ट्र र पाण्डुका आमा क्रमशः अम्बिका अम्बालिका हुन्। भने, बाबु विचित्रविर्य हुन्।व्यासको आशिर्वादले गर्दा उनीहरुको जन्म भएको मानिन्छ ।बौदद्ध धर्ममा धनी देवी भनेर यशोधरालाई बुझाउछ । चर्या नाच बौद्धमार्गीहरुको शास्त्रीय नाच हो । बराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्रलाई नेपालको चार धाम भनेर चिनिन्छ । चार धाम भनेर जगन्नाथपुरी, बद्रीनाथ, द्वारिकानाथ, र रामेश्वरम्लाई बुझिन्छ ।

राजा परिक्षितलाई सुकदेवले सर्वप्रथम श्रीमग्भागवत गीता सुनाएका थिए । राजा परिक्षित द्वापर युगका अन्तिम राजा हुन् । इन्द्रको बज्र दधिचि ऋषिको हाडबाट बनेको हो । अघिल्लो जन्ममा नारी र पछिल्लो जन्ममा पुरुष भएको मानिने महाभारतको पात्र शिख शिखण्डी हो । स्वयम्भूनाथको उत्पतिकमलको फूलबाट भएको मानिन्छ ।

जुँगा भएको महादेवको मूत्र्ति नेपालगञ्जको बागेश्वरी मन्दिरमा अवस्थित छ। कठमाडौंमा भ्यागुतोलाई जनै पूर्णिमाको दिन भात खुवाइन्छ भने गुरु पूर्णिमाको दिनमा पूजा गरिन्छ । भगवान रामचन्द्रको निवासलाई साकेत भनिन्छ । भरतले १४ वर्षसम्मराज गरेको ठाउँ नन्दिग्राम हो । इन्द्र देवताकी आमाको नाम बसुन्धरा हो । इन्दको घोडालाई उच्चैश्रवा भनिन्छ ।

सबैभन्दा धेरै श्लोक भएको पूराण स्कन्द पुराण हो स्कन्द पुराण८१ हजार १ सय छन्। सबैभन्दाथोरै श्लोक भएको पुराण मार्कण्डेय पुराण हो । मार्कण्डेय पुराणमा ९ हजार श्लोक छन् ।वराहा पुराणमा २४ हजार श्लोक छन् । शिव पुराणमा २४ हजार श्लोक छन्। विष्णु पुराणमा २३ हजार श्लोक छन् । ब्रह्मवैवर्त पुराणमा १८ हजार श्लोक छन् । कुर्म पुराणमा १७ हजार श्लोक छन् । भविक्ष्य पुराणमा १४ हजार ५ सय श्लोक छन् । लिङ्ग पुराणमा ११ हजार श्लोक छन् ।

द्रोणाचार्यका छोराको नाम अश्वत्थामा हो । वासुका नागलाई नागहरुका देवता मानिन्छ । श्रीमद्वागवत गीता महाभारतको भीष्म पर्व अन्तर्गत पर्दछ । शेषषनागले मन्दराचल पर्वतलाई समुद्र मन्थन गर्न लगेका थिए । शेषनाग नाग जातिका मानिस हुन् । शेषनागको वासस्थानलाई मणिमण्डप भनिन्छ । हनुमानका बाबु पवन र आमा अञ्जली हुन् । भैरवले मुक्ति प्राप्त गरेको स्थानको नाम कपालमोचन हो । त्रिपिटक महाविहार तिब्वतमा पर्दछ । वेदव्यासका बाबुको नाम परासर हो । जाल्पादेवी धार्मिक स्थल धनुकुटामा अवस्थित छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्