काठमाडौं, १५ माघ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक ११ बजेबाट सभागृहमा सुरु हुँदैछ। बैठकका लागि नेताहरु सभागृहमा आउने क्रम जारी छ।
११ बजेबाट प्रारम्भ हुने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राख्नेछन्। उद्घाटन सत्रमा पत्रकारहरुलाई समेत आमन्त्रण गरिएको छ। त्यसपछि पार्टी बैठकमा विचारधारा, संगठन र अभियानका विषयमा गहन छलफल हुनेछ।
बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश हुँदैछन्। डेढ वर्षपछि सुरु हुन लागेको बैठकका लागि केन्द्रीय सदस्यहरु सभागृहमा भेला हुने क्रम जारी छ। केन्द्रीय सदस्यहरुले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आ–आफ्नो तयारी गरिरहेका छन्।
बैठक तोकिएकै समयमा सुरु हुने नेकपाका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले बताए। उनले भने, ‘तोकिएकै समयमा बैठक हुन्छ। कार्यसूचिअनुसार नै बैठकमा छलफल हुनेछ। यो बैठकले नेकपालाई थप गतिशील बनाउनेछ।