काठमाडौं, १६ माघ। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको बैठकमा बिहीबार समूहगत छलफल हुने भएको छ। नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा पेस भएको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि ९ वटा समूह बनाइएको छ।
अंग्रेजी वर्णानुक्रमअनुसार केन्द्रीय सदस्यहरूको समूह बनाइएको छ। प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ। राष्ट्रिय सभा गृह, धुम्बाराहीस्थित पार्टी कार्यालय र पेरिसडाडामा रहेको नेकपाको अर्को कार्यालयमा समूहगत छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। टोली नेताले समूहगत छलफलमा उठेका विषयलाई केन्द्रीय समितिको बैठकमा पेस गर्ने छन्।