यी हुन् नेकपाका १५ टाेली नेता (सूचिसहित)

toli_neta pic
लोकपाटी न्यूज

काठमाडौं, १६ माघ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा आज (बिहीबार) समूहगत छलफल जारी छ। पार्टी कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा समूहगत छलफल जारी रहेको हो।

बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि १५ वटा समूह बनाइएको छ ।

प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको छ। छलफलका निर्कष टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।

कुन समूहको टोली नेता को ?

एक नम्वर टोलीको नेता: उर्मिला अर्याल र आनन्द पोखरेल
दुई नम्बरको टोली नेता: कमला रोका
तीन नम्बर टोलीको नेता: खिमलाल भट्टराई
चार नम्बर टोलीको नेता: जगन्नाथ खतिवडा
पाँच नम्बर टोलीको नेता: ठाकुर गैरे
छ नम्बर टोलीको नेता: दिनानाथ शर्मा
सात नम्बर टोलीको नेता: पूर्णकुमारी सुवेदी
आठ नम्बर टोलीको नेता: बिन्दा पाण्डे
नौ नम्बर टोलीको नेता: भगवती चौधरी
दश नम्बर टोलीको नेता: पाँच जना चयन । (युवराज ज्ञवाली महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी)
एघार नम्बर टोलीको नेता: राजेन्द्र राई
तेह्र नम्बर टोलीको नेता: रेनु दाहाल
चौध नम्बर टोलीको नेता :राम कार्की
पन्ध्र नम्बर टोलीको नेता: लेखनाथ न्यौपाने