काठमाडौं, १६ माघ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा आज (बिहीबार) समूहगत छलफल जारी छ। पार्टी कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा समूहगत छलफल जारी रहेको हो।
बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि १५ वटा समूह बनाइएको छ ।
प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ। बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको छ। छलफलका निर्कष टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।
कुन समूहको टोली नेता को ?
एक नम्वर टोलीको नेता : उर्मिला अर्याल र आनन्द पोखरेल
दुई नम्बरको टोली नेता : कमला रोका
तीन नम्बर टोलीको नेता : खिमलाल भट्टराई
चार नम्बर टोलीको नेता : जगन्नाथ खतिवडा
पाँच नम्बर टोलीको नेता : ठाकुर गैरे
छ नम्बर टोलीको नेता : दिनानाथ शर्मा
सात नम्बर टोलीको नेता : पूर्णकुमारी सुवेदी
आठ नम्बर टोलीको नेता : बिन्दा पाण्डे
नौ नम्बर टोलीको नेता : भगवती चौधरी
दश नम्बर टोलीको नेता : पाँच जना चयन। (युवराज ज्ञवाली महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी)
एघार नम्बर टोलीको नेता : राजेन्द्र राई
तेह्र नम्बर टोलीको नेता : रेनु दाहाल
चौध नम्बर टोलीको नेता: राम कार्की
पन्ध्र नम्बर टोलीको नेता : लेखनाथ न्यौपाने