ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको उद्घाटन

7 Thirteen
लोकपाटी न्यूज

काठमाडौं, १६ माघ। काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ। सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्दको प्रमूख आतिथ्यतामा बिहीबार अत्याधुनिक तथा सम्पूर्ण सेवा सुबिधा सम्पन्नका साथ पार्लरको शुभारम्भ गरिएको हो ।

यस पार्लरमा अनुभबी सौन्दर्यविदद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालकद्वय दीपक खड्का र धीरज राईले जानकारी दिए। अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि र सेवामुलक सम्पूर्ण सुविधा सम्पन्न भएको सैलुन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मीबाट सेवाग्राहीले सेवा लिन पाउने सञ्चालकले बताए।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिँदै आएको यस सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो। कार्यक्रममा सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्द, अतिथि इन्द्र महतले बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्