कास्की, १६ माघ। संगम सांस्कृतिक मञ्ज नेपालको आयोजनामा अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) खारेज अभियान कार्यक्रम गरिने भएको छ। पोखराको पृथ्वीचोकमा माघ १८ गते शनिबार दिँउसो एक बजे खारेज अभियान कार्यक्रम गरिने भएको हो।
शुक्रबार पोखरा मल्टीमोडल कलेजको प्राङगणमा मञ्जका अध्यक्ष काजी गाउँलेको अध्यक्षतामा बसेको सो बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा विभिन्न विज्ञ, अग्रजहरुको उपस्थिति रहेको थियो।