एमसीसी के हो, के होइन ?

MCC Agreement
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ माघ। आजको पत्रपत्रिका अध्ययन गर्दा जारी केन्द्रीय कमिटिको बैठकमा समूह छलफलका अधिकांश सदस्य कमरेडहरूको एमसीसीबारे धारणा र सुझावहरू, राजनीतिक, विज्ञ, विशेषज्ञहरू सम्मिलित समिति बनाएर एमसीसीसँग सम्बन्धीत सबै दस्तावेज तथा कागजादहरूको अध्ययन र अनुसन्धान गरेर निकाल्ने निश्कर्षलाई पार्टीले अनुमोदन गर्नुपर्छ भन्ने सुझाव रहेछ।

५५ अर्ब त्योपनि अनुदान दिन खोज्दा मौका गुमाउनु हुँदैन भन्ने धारणा र सुझावहरू पनि रहेछ। छलफलमा आएका धारणा र सुझावहरू आफैँमा खराब होइनन्। तर, अहिले एमसीसी परियोजनाबाट आउने ५५ अर्बको अनुदान लिन नेपालले दुईहात थाप्दै गर्दा, हात तलपर्छ कि माथि ? त्यसको लेखाजोखा गहिरिएर गर्नु पर्छ।

सजक, सर्तक र सचेत हुनपर्ने कुरा, तत्कालिन भन्दापनि, दिर्घकालिन हिसाबले सार्वभौम स्वतन्त्र राष्ट्र र राष्ट्रीयता सुरक्षाको प्रश्नमा के कस्ता खतराहरू उत्पन्न हुनसक्छन्? भन्ने कुराको गहिरो अध्ययन र अनुसन्धान गर्नु पर्छ राष्ट्र, जनता र विकाश तथा समृद्धिको चिन्ता र माया नभएको कुनैपनी नेपाली, नेपालीनै हुनसक्दैन। नेताहरू सत्य अन्वेषणको लागि एउटा रापीलो भट्टीभित्र हुनुहुन्छ। खारिएर निश्कर्ष ल्याउनु पर्छ।

अनुदान स्वीकार्य पथ्र्यो ? वा अस्वीकार्नु पथ्र्यो ? हतारोमा निर्णय गरेर पछि पछुताउन पर्नेगरि हत्तेरि छिटो भएछ निर्णमा पुग्न भन्नपर्ने स्थिति नबनोस् भन्ने चाहाना हो। त्यसैगरि अवश्य पनि निर्णयमा पुग्नु हुँदैन होला भन्ने विश्वास पनि हो। २००४ बाट सुरू भएको एमसीसी परियोजना आज भोलीबाटै अमेरिकाले बन्द गर्न लागेको त होइन होला ?

पार्टी निर्णयनै अन्तिम र सर्वोपरि हुने हुँदा, सापेक्षत भोलि प्रश्न उठ्न र उठाउन नपर्नेगरि गहन र घनिभुत छलफल होस्, भैरहेको छ जुन अत्यन्तै राम्रो भएको छ। गहिरो अध्यन र अनुसन्धानबाट आउने निश्कर्षपछि पार्टीले लिने निर्णयनै सहि निर्णय हुन्छ। पार्टी र लिडरसिपप्रतिको परिपक्ता स्थापित हुन्छ। पार्टीप्रति आम भरोसा र विश्वासको मात्रा अझ चुलीन्छ भन्ने लाग्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्