छाउगोठ भत्काइएकोमा सांसद महतको गम्भीर आपत्ति, मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ?

gajendra narayn mahat pic
लोकपाटी न्यूज

काठमाडौं, १७ माघ। प्रतिनिधिसभाको शून्य समयमा सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काइएकोमा गम्भीर आपत्ति जनाएका छन्। उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिँडेको आरोप लगाएका हुन्। छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको उनले आरोप लगाए।

छाउ गोठको नाममा घर भत्काइएका छन्। एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ?’ उनको प्रश्न छ । ‘८ जना मान्छे होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिँड्ने ? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ, बस भत्काउँदै आगो लगाउदै हिँड्ने ? यो पनि तरिका हुन्छ ? चाँहिदो काम गर्नुपर्यो नि । जिल्लामा जाने नुन, औषधी बेचिएको छ । त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनुछैन।

पुलको बेहाल छ बाटोको बेहाल छ ,उनीहरुलाई समाउनु छैन। ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तीनलाई कारवाही गर्नु पर्दैन ? स्कुलको अवस्था के छ। अस्पतालको अवस्था के छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो । अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन यसले ?’महतले सरकारलाई प्रश्न गरे ।

शून्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गराएका छन्। त्यस्तै, सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरेका छन्।

त्यसैगरी सांसद आशा कुमारी बिकले काठमाण्डौ महानगरभित्र रहेका ६० मध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद इन्दु कुमारी शर्माले चुरे दोहन उत्खनन् रोक्न माग गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्