काठमाडौं, १७ माघ। आठ आयोगका वार्षिक प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा पेश गरिएको छ। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश गरिएको हो।
प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रतिवेदन’ पेश गरेका हुन्।
ढकालले बैठकमा ‘लोकसेवा आयोगको ६० औं वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५र०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गरेका छन्।