अमेरिका, १७ माघ । तीन नेपाली युवाले संयुक्त रुपमा एक लाख डलरको चिट्ठा जितेका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका तीन युवाहरुले संयुक्त रुपमा एक लाख डलरको चिट्ठा जितेका हुन्।
उनीहरुले उक्त एक लाख डलरको रकम भएको स्क्रायच चिट्ठा मेरिल्याण्डमा किनेका थिए। एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेका हुन्। तीनै जना आफन्त हुन् भने उनीहरु नेपालको बाग्लुङ र पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड राज्यको ग्लेनबर्नी शहरमा बसोबास गर्दछन्।
उक्त चिट्ठा जित्ने तीन युवारुमा क्रमस डोलेन्द्र पौडेल ,दिपक रिजाल तथा जीवन शर्मा रहेका मेरिल्याण्डबाट सञ्चालीत अनलाइन न्यूजब्रेकले मेरिल्याण्ड लोटरीलाई उदृत गर्दै जनाएको छ। उनीहरु तीनै जनाले हालसालै क्रयाक(पट लिक्वयर्स ( मदिरा पसल) तथा क्रयाक पट रेस्टुरेन्ट (चमेना गृह) खरिद गरि संचालनमा ल्याएका छन्। संचालन गरेको केही समय मै उनीहरुले चिट्ठा जितेका हुन्। चिट्ठा रकम हात पारेपछि तीन जानै हर्षित भएका छन्।
उनीहरुले ५० एक्स दि क्यास गेम नामक चिट्ठा खेलेका थिए। चिट्ठाको रकम प्राप्त भए पछि आफूहरुले संचालनमा ल्याएको ब्यबसायमा सहयोग हुने बताएको अमेरिकाबाट प्रकाशन हुने नेपाली अनलाइन इनेप्लिज डटकमले जनाएको छ। ७ वर्ष अगाडि अमेरिका पुगेका उनीहरु गत हप्ता तीनै जना मेरिल्याण्डको टाउसन शहर स्थित ईजि कन्भिनिएन्स एण्ड डेली नामक पसलबाट स्क्राच अफ नामक चिट्ठा खेलेका थिए।
उनीहरुले ५ ०एक्स नामक चिट्ठा सहित अन्य चिट्ठा पनि खरिद गरेका थिए। उक्त चिट्ठा जीवन शर्माले कोट्याउदा १० डलर तुरुन्तै प्राप्त गरेका थिए उक्त अङ्क संग मूनि रहेकामा १ लाख डलर अङ्क मिल्न गएको थियो। तीनै जना चिट्ठाको मुख्यालय बाल्टिमोर गई दाबी गरेका थिए। कर र सबै कटाएर उनीहरुको भागमा जनही २२,१२६.५० सेन्ट परेको छ। टाउसन चिट्ठा बेच्ने पसलले पनि १ हजार डलर लाभांस पाएको छ।
५०एक्स नामक चिट्ठामा १ लाख पार्ने नेपाली पहिला भएका छन् अन्य ६ वटा शीर्ष चिट्ठाहरु अझ बाँकी रहेको छ । उक्त चिट्ठा यही जनवरी २०२० देखि मात्र खुलेको हो भने अझ ८ जनाले ५० हजार डलर को कसैले दाबी नगरेको बुझिएको छ।