काठमाडौं, १७ माघ। एसएसपी शौरभ शमसेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो। यौन हिंसाको उजुरी परेपछि एसएसपी शौरभ शमसेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो।
उनी संघीय प्रहरी इकाई कार्यालय सुनसरीमा कार्यरत रहेका थिए। पदमै रहँदा उनले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको हो।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोपमा नेपाल प्रहरीका एक सिनियर अफिसरसहित दर्जन हाराहारीका प्रहरी कर्मचारी निलम्बन र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै अर्का एक सिनियर अफिसर पनि कारबाहीमा परेका छन्।