किसानलाई राहतको घोषणा गर्न सांसद थापाद्वारा सरकारको ध्यानाकर्षण

tulsi_thapa pic
लोकपाटी न्यूज

काठमाडौं, १७ माघ। शुक्रबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन्। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कुमारी तुल्सी थापाले किसानका लागि तत्काल राहतका कार्यक्रम घोषणा गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कृषि प्रदान भनिने देशमा किसानले राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। सांसद थापाले कृषिप्रधान भनिने देशमा बर्खामा फौजी किराद्वारा धान सखाप पार्ने र त्यसको मार सम्पूर्ण नेपाली जनतालाई हुने गरेको बताइन्।

अहिले हिउँदे बाली लगाउँदा जाडोमा तुसारोका साथै लगातार परेको बेमौसमी पानीले सम्पूर्ण बालीलाई नोक्सान पारेको छ। अहिलेसम्म किसानले राहत पाएका छैनन् भन्दै उनले किसानलाई राहतको घोषणा गर्न माग गरिन्।उनले सरकार गठन भएको दुईवर्ष बितिसक्दा पनि विभिन्न समयमा बाढी पहिरोमा घरबारविहीन बनेका जनतालाई उचित व्यवस्था हुन नसकेकोभन्दै सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्