नेकपाभित्र महराबारे उच्चस्तरीय छानबिन गर्न माग

Krishna-Mahara
लोकपाटी न्यूज

काठमाडौं, १७ माघ। कृष्णबहादुर महराको विषयमा पार्टीभत्रैबाट छानबिन गर्नुपर्ने माग उठेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलका क्रममा महराको विषयमा नेकपा भित्रैबाट छानबिन गरेर जानुपर्ने माग उठेको हो।

जारी बैठकमा ९ नम्बर समूहका सदस्यहरुले महरालाई बढि नै अन्याय भएको हुनसक्ने भन्दै पार्टीले आन्तरिक छानबिन गरेर न्याय दिनुपर्ने माग गरेका थिए।

९ नम्बर समूहको नेतृत्व केन्द्रीय सदस्य भगवती चौधरीले गरेकी छन्। तत्कालिन सभामूख महरा बलात्कार प्रयासको आरोपमा मुद्दा खेपिरहेका छन् ।