शनिबार काठमाडौंको यी स्थानमा दिनभर बिजुली नहुने

light_bulb
लोकपाटी न्यूज

काठमाडौं, १७ माघ। काठमाडौंको केही स्थानमा शनिबार दिनभर बिजुली नहुने भएको छ। शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन अबरुद्ध हुने भएको हो।

एक सूचना जारी गर्दै प्राधिकरणले उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अबरूद्ध हुने जानकारी दिएको छ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्