नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुन्छ : सी जिनपिङ

Xi-Jinping-8
  • 77
    Shares

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको बताएका छन्।

नेपाल-चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नु आफ्नो प्रमूख महत्वको विषय रहेको बताएका हुन्।

समाचार संस्था सिन्ह्वाका अनुसार उनले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना रहेको व्यक्त गरेका छन्।शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताएका छन्।

यस्तै उनले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरेका छन्। नेपाल-चीनबीच सन् १९५५ को अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्रदान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङलाई सन्देश पठाएर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्