इलाममा १७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

coronavirus_blood_test
  • 23
    Shares

इलाम, १७ साउन। इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।  विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब सङ्कलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिएका हुन्।

योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कुल सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ।

बाँकी ४० जनाको स्वाब सङ्कलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताए।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्