डडेल्धुरामा माइक्रोबस दुर्घटना

Accident-1
  • 8
    Shares

डडेल्धुरा, १७ साउन। डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।शनिबार भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका १ घण्टेश्वर मन्दिरनजिक माइक्रोबस दुर्घटना भएको हो।

धनगढीबाट बझाङतर्फ आउँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्