कोरोनाका कारण वीरगञ्जमा थप एकको मृत्यु

coronavirus-test-kiti
  • 41
    Shares

वीरगञ्ज, १७ साउन। वीरगञ्जमा शनिबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ। ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो।

वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी ती वृद्धाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका इञ्चार्ज डा.निरजकुमार सिंहले बताए।

ती वृद्धामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। डा.सिंहका अनुसार वयोधा अस्पतालले शनिबार साँझ कोरोना अस्पतालमा रेफर गर्दा नै उनको मृत्यु भइसकेको थियो। ६८ वर्षीया ती वृद्धा गत साउन १४ मा वयोधा अस्पतालमा भर्ना भएको थिइन्। साउनयता वीरगञ्जमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्