मिर्गौला पीडित सुस्मिता परियालाई सहयोग रकम हस्तान्तरण

help
लोकपाटी न्यूज

पर्वत। कुस्मा नगरपालिका २ निवासी सुस्मिता परियारको उपचारका लागि प्रवासीद्वारा सङ्कलन गरिएको १ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुस्मा नगर अध्यक्ष शङ्कर गिरीले उक्त रकम हस्तान्तरण गरेका हुन्।

दुवै मिर्गौला पीडित २२ वर्षीय सुस्मिता परियारको उपचारका लागि साउदी अरबमा रहेका प्रवासीहरूले उक्त रकम गरेका हुन्। प्रवासी हिमबहादुर क्षेत्रीको पहलमा उक्त रकम सङ्कलन गरिएको थियो। बेनीका मनबहादुर पुन मगर, पोखराका भोजबहादुर गुरुङ र बुटवलका रमेश लगायतले आर्थिक सहयोग गरेका थिए।

सहयोग रकम हस्तान्तरण गर्दै नेता गिरीले प्रदेशको भूमिमा पसिना बगाएर पनि आफ्नो गाउँ ठाउँमा रहेका दिन दुखी गरिब परिवारलाई गरेको आर्थिक सहयोग सह्रानीय रहेको बताए। प्रवासीहरूले गरेको यो आर्थिक सहयोगले पीडितको उपचारमा ठुलो सहयोग पुग्ने उनले बताए।

नेता गिरीले परियारको उपचारका लागि सहयोगको अपिल समेत गरे। सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा उपस्थित स्थानीय नेता, कार्यकर्ता, समाजसेवी तथा कमर्मचारीहरुले समेत परियारलाई आर्थिक सहयोग गरेका थिए।

पीडितलाई सहयोग गर्न इच्छुकले स्थानीय क्षेत्रबहादुर क्षेत्रीको मोबाइल नम्बर ९८४७६०८९५६ मा सम्पर्क गर्न सक्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्