युवराज खतिवडा बने सरकारका प्रवक्ता

लोकपाटी न्यूज

काठमाडौं। सरकारका प्रवक्ताको जिम्मेवारी युवराज खतिवडालाई दिइएको छ। मन्त्रिपरिषद्‌ बैठकले सरकारको प्रवक्तामा खतिवडालाई दिने निर्णय गरेको हो।

सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका सन्दर्भमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारका निवर्तमान प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सो पद खालि छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको राजीनामापछि सञ्चारमन्त्रीमा अर्थमन्त्री खतिवडालाई नै जिम्मेवारी दिएका थिए।

‘उहाँले भोलि मन्त्रिपरिषद्को निर्णय पनि सुनाउने तयारी गरिरहनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा कार्यकाल फागुन २० मा सकिँदै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्