डीन र सहायक डीनलाई कार्वाहीको माग

  • 409
    Shares
0

काठमाडौं। काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्श्वविद्यालयका डीन र सह–डीनलाई कार्वाही गर्न माग गरेका छन्। विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति निन्दा गर्दै उनीहरुले डीन र सह–डीनलाई कार्वाहीका लागि माग गरेका हुन्।

प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘पेशागत हकहितका लागि विश्वविद्यालयमा भइरहेको आन्दोलन दबाउन मण्डले शैलीमा गरिएको सो कार्यको घोर भत्र्सना गर्दै स्कूल अफ मेडिकल साइन्सेजका डीन र सह–डीनलाई कारवाहीकोे माग गर्दछौं।’

यस्तो छ विज्ञप्ति

मिति २०७६ पौष १६ मा काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमाथि गराइएको अभद्र व्यवहारप्रति घोर भत्र्सना गर्दै डीन र सह–डीनलाई कारवाहीको माग गर्दछौं।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसँग ४ बुँदे सम्झौता गरी १०६ दिनसम्म पनि सो सम्झौता कार्यान्वयन नभएको अवस्थामा मिति २०७६ पौष १५ गते प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले आन्दोलनको घोषणा गर्दै विज्ञप्ति जारी गरेको अवगत गराउँदछौं। सो विज्ञप्तिअनुरुप आज मिति २०७६ पौष १६ मा विश्वविद्यालयका स्कूल अफ ल, स्कूल अफ मेडिकल साइन्सेज, स्कूल अफ आर्टस्, स्कूल अफ एजुकेसन र स्कूल अफ मेनेज्मेन्टका डीन कार्यालयहरु तालाबन्दी गरियो।

स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. राजेन्द्र कोजुको कार्यालय बन्द गर्न शान्तिपूर्ण रुपमा जाने क्रममा सो स्कूलका डीन, सह–डीन र केही अराजक व्यक्तिहरुले भीडन्त निम्त्याई विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमाथि हातपात र अभद्र व्यवहार गराइयो। पेशागत हकहितका लागि विश्वविद्यालयमा भइरहेको आन्दोलन दबाउन मण्डले शैलीमा गरिएको सो कार्यको घोर भत्र्सना गर्दै स्कूल अफ मेडिकल साइन्सेजका डीन र सह–डीनलाई कारवाहीकोे माग गर्दछौं।

Comments
Loading...
You might also like