कोरियामा नेपाली कामदारको तलब बढ्यो

  • 49
    Shares
0

काठमाडौँ। दक्षिण कोरियामा श्रमिकको तलब बढेको छ। यो तलव वृद्धिसँगै त्यहाँ कार्यरत नेपाली कामदारहरुको तलब पनि बढेको हो। नयाँ वर्ष २०२० सुरु भएसँगै कामदारको तलब पनि बढेको हो।

दक्षिण कोरियाली श्रम मन्त्रालयका अनुसार तलब २.८७ प्रतिशतले बढेको छ। जसअनुसार कामदारको तलब प्रतिघण्टा ८ हजार ५९० वन बनेको छ। यसरी हिसाब गर्दा महिनामा मजदूरको न्यूनतम तलब १७ लाख ९५ हजार ३१० वन अर्थात् १ लाख ७५ हजार रुपैयाँ हुनेछ। यस्तै ८ घण्टामाथि अतिरिक्त काम गर्नेको राति १० बजेसम्म प्रतिघण्टा १२ हजार ८८५ वनका दरले ज्याला पाइने छ।

राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्तसमेत पाइनेछ। जसअनुसार १७ हजार १८० वन ज्याला पाइने जनाइएको छ। वृद्धि भएको यो ज्यालाबाट कोरियामा कार्यरत करिब ३५ हजार नेपाली श्रमिकसहित अन्य देशका कारदार प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।

कोरियामा दैनिक ८ घण्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन (झन्डै १ लाख ७५ हजार नेपाली रुपैयाँ) हुनेछ। गत जुलाइमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच भएको छलफलपश्चात २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो।

Comments
Loading...
You might also like