यू-१९ विश्वकपको सेमिफाइनल समिकरण पुरा

cricket
लोकपाटी न्यूज
0 Shares

काठमाडौँ । पाकिस्तान आइसीसी अन्डर १९ क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा पाकिस्तानको यू(१९ टिमले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १९० रनको लक्ष्य पछाएको पाकिस्तानले ४१।१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४९।१ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो ।योसँगै यू(१९ विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । अब पहिलो सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा न्युजील्याण्ड र बंगलादेश खेल्ने भएका छन् ।

भारतले अस्ट्रेलियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने न्युजील्याण्डले वेस्टइन्डिजलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । त्यस्तै बंगलादेशले दक्षिण अफ्रीकालाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।पहिलो सेमिफाइनल खेल फेब्रुअरी ४ मा हुने छ भने दोस्रो सेमिफाइनल फेब्रुअरी ६ मा हुने छ । विश्वकपको फाइनल फेब्रुअरी ९ मा हुने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्