काठमाडौं। यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ। यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ। जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ।
यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ। अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन्। त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ।
शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन्। साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ। अव्यवस्थित खानपान र कसरत नगर्दा अन्य रोगको सिकार हुनुका साथै यौन दूर्वलता पनि बढ्ने गरेको छ।
दैनिक आधा घण्टा हिँड्ने मानिसलाई हत्तपत्त कुनै पनि स्वास्थ्य समस्या आउँदैन। त्यसैले खानपिनमा सुधारका साथै नियमित कसरत गर्नु सबैभन्दा ठूलो ओखति हुनेछ। त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ।
बदामः बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ। बदाममा पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ।
तुलसीः १५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस्। त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस्। तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ। दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ।
खरबुजाः खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र पार्छ। यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ। जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ।
एभोकाडोः एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन्। भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ। पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ। थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ। एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ। भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छ।
कुरिलोः कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुर्याउँछ।
लसुनः दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस। त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस। यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस। लसुनमा एलिसिन नामक तत्त्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ। राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ।
फर्सीको बियाँः फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन्। यसले यौन जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ।
कालो चकलेटः कालो चकलेटमा फेनेथाइलामाइन पाइन्छ, जसलाई ‘लभ केमिकल’ पनि भनिन्छ। यसले डोपामाइन र अनन्डामाइडजस्ता न्युरोट्रान्समिटरलाई दिमागमा रिलिज गराउने गर्छ। यिनले व्यक्तिलाई यौन र प्रेम दुवैमा समर्पित हुन प्रेरित गर्छन्।
अण्डाः अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ। अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ। यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन्। त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ।
केराः केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ। केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ। यसले कामोत्तेजना बढाउने गर्छ। त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन्।
रातो खुर्सानीः रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्त्व शरीरमा बढी रिलिज हुन्छ। यसबाट रक्तसञ्चार तीव्र बन्छ। स्वस्थ यौन जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ।
अदुवाः यदि खानामा अदुवाको नियमति प्रयोग गरे यौन क्षमता बढ्छ। अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ। सेक्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन्।अदुवाले स्वास्थ्य तन्दुरुस्ती राख्न साथ दिन्छ।