फागुन १ गतेदेखि ३ गतेसम्म पटिहानी फुड फेस्टिबल

patihani
लोकपाटी न्यूज

चितवन, १८ माघ। पटिहानी घटगाईको ‘अम्रेला स्ट्रिट’ को निर्माण कार्य सकिएको छ। नेपालकै नमूना ‘अम्रेला स्ट्रिट’को निर्माण कार्य सकिएको हो। पर्यटन प्रर्वद्धनका लागि पूर्वप्रधानमन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का ससांद पुष्पकमल दाहाल प्रचण्डको पहलमा पटिहानीको घटगाईमा ‘अम्रेला स्ट्रिट’ निर्माण गरिएको हो।

स्ट्रिट’ को अध्यक्ष प्रचण्डले नै उद्धघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। अम्रेला स्ट्रिट निर्माण स्थलमा बनाइएका गोही, गैँडा, बाघ, हात्तीलगायतका मूिर्त निकै आर्कषक देखिएका छन्। यहाँबाट चितवन निकुञ्जका जीव जनावर प्रत्यक्ष रुपमा हेर्न पनि सकिन्छ।

३ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको अम्रेला स्ट्रिटको १२ मिटर चौडा र १ सय २० मिटर लम्बाइ रहेको भरतपुर महानगरपालिका २२ का वडाध्यक्ष विष्णुराज महतोले बताए। हरियालीसहितको पार्क बनाइने त्यस क्षेत्रको किनारमा आकर्षक छाता (अम्रेला) राखिएका खुला पसल हुनेछन्। सरकारले यसै वर्ष भरतपुरको पटिहानी क्षेत्रलाई एक सयौँ पर्यटकीय गन्तव्यका रुपमा सूचिकृतसमेत गरेको छ।

यसैबिच यहि फागुन १ गते अम्रेला स्ट्रीटको उद्घाटनसँगै फाल्गुन १ गतेदेखि ३ गतेसम्म घट्गाईमा पटिहानी फुडफेस्टिबल गरिने नेकपा भरतपुर २२ का अध्यक्ष रामहरि सेढाईले जानकारी दिए । भरतपुर २२ नम्बर वडा कार्यालय र पटिहानी पर्यटन विकास समितिको आयोजनामा फुड फेष्टिबल गर्न लागिएको हो।

पटिहानी पर्यटन समितिको शनिबार बसेको बैठकले फुड फेस्टिबल गर्ने निर्णय गरेको हो। पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलियाको अध्यक्षतामा सम्पन्न वैठकमा भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटी अध्यक्ष रामहरि सेढाई, कार्यसमितिका उपाध्यक्ष साजन कुमार महतो लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्