हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको हत्या

लोकपाटी न्यूज

काठमाडौं। भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली प्रहार गरि हत्या गरिएको छ।

रणजीत बच्चन आफ्ना भाइका साथ मर्निङ वाल्कमा गइरहेका बेला गोली प्रहार गरि हत्या भएको हो। रणजीतका भाइलाई पनि गोली लागेको छ र उनको उपचार भइरहेको छ।

लखनऊका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार आइतबार बिहान ६ बजे रणजीत मर्निङ वाल्कका लागि निस्केका थिए। मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेलगत्तै घटनास्थलमा उनको मृत्यु भएको हो।

भारतीय सञचार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्यारको खोजी भइरहेको जनाएका छन्। यसअघि गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको पनि घरमा आएको समूहले हत्या गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्