सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको नयाँ कार्यसमिति गठन

Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको अध्यक्षमा नवीन पोखरेल चुनिएका छन्। जनयुद्धमा अभिभावक गुमाएका युवा तथा बालबालिकाको अगुवाईमा गठन भएको त्यस्तै सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको काठमाडौँमा शनिबार सम्पन्न प्रथम साधरणसभाले पोखरेललाई अध्यक्ष चुनेको हो।

त्यस्तै समितिका उपाध्यक्षमा ममता शर्मा र अंकित लोहनी, महासचिवमा अटल आचार्य, सचिवमा सामना श्रेष्ठ र कला अधिकारी एवं कोषाध्यक्षमा नग्मा माली चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा एकराज फुयाल, राजन राई, अञ्जली यादव, पविन कुमार ठाकुर, रोहन रिमाल, महेश श्रेष्ठ, सुजन सापकोटा, सर्मिला घर्तिमगर, सन्दीप पुन, जटिल कार्की, दीपशिखा नाथ, निमप्रकाश केसी, पूजा बुढा र जगत चलाउ चयन भएका छन्।

यो फाउन्डेसन सहिद तथा बेपत्ता सन्ततिको साझा संस्था भएकोले सबैको सल्लाह र सुझावलाई आत्मसात गरी अगाडि बढ्ने नव निर्वाचित अध्यक्ष पोखरेलले बताए। उनले भने, ‘सहिद बेपत्ता सन्ततिको साझा संस्थाको हो। सबै सुझाव र सल्लाहलाई आत्मसात गरी हाम्रा अभिवाकहरुको गौरवशाली इतिहास उच्च राख्दै समृद्ध समाज निर्माणका लागि हामी योगदान गर्नेछौं।’

फाउन्डेसनमा जनयुद्धको क्रममा शाहदत प्राप्त गर्ने र बेपत्ता हुने योद्धाहरुका सन्ततिलाई समेटिएको र यसलाई विस्तार गर्दै लाने समेत उनले बताए। ‘जनयुद्धका क्रममा अभिभावकहरुले देश र जनताको पक्षमा गरेको बलिदानलाई सधैं स्मरणीय गराउन हामीहरुहरु संगठित भएको हौँ’, उनले भने, ‘राज्यलाई सहिद तथा बेपत्ता योद्धाहरुको योगदानको स्मरण गराउँदै अभिभावकविहीन बालबालिकाहरुको शिक्षादीक्षा र भविष्यका लागि अब फाउन्डेसनले पहल गर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्