पार्टी कार्यालय निर्माणका लागि नेकपाले माग्यो एक दिनको तलब

  • 88
    Shares
0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बल्खुस्थित तत्कालीन नेकपा एमालेको मुख्यालय बल्खुमा पार्टी कार्यालय बनाउने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै भवन बनाउन पार्टीका सबै सदस्यलाई एक दिनको तलब दिन आह्वान गरेको छ।

दोस्रो पूर्ण बैठकपछि ११ बुँदे प्रस्ताव जारी गर्दै पार्टीले सबै कार्यकर्तालाई एक दिनको तलब उपलव्ध गराउन आह्वान गरेको हो। पार्टी कार्यालय तीन महिनाभित्रमा शिलान्यास गर्ने समसामयिक प्रस्तावमै उल्लेख छ। पार्टी कार्यालय बनाउन पार्टीका सबै तहका कार्यकर्तालाई एक दिनको तलब वा आम्दानी दिन आव्हान गरिएको छ।

बैठकले देशका विभिन्न दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आश्रित परिवारका बालबालिकाको निशुःल्क शिक्षादीक्षाको व्यवस्था गर्न माग गरेको छ। कोरोना भाइरसबाट बच्न उच्च सर्तकता अपनाउन माग गर्दै चीनमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन पहलकदमी लिनसमेत आग्रह गरेको छ।

Comments
Loading...
You might also like