बाल क्लब गठनले सक्षम बन्दै बालबालिका

  • 77
    Shares
0

अस्मिना पाण्डे\ बुटवल, १९ माघ। सागर गाहा बुटवल वडा नम्बर १ मा बस्ने कक्षा १२ का विद्यार्थी हुन्। उनी कान्ती उच्च मा.वि. बुटवलमा अध्ययनरत छन्। उनी वडा नम्बर १ का बाल क्लबका अध्यक्ष पनि हुन्।

बाल क्लब गठन गर्दा उनी कक्षा १० मा अध्ययनरत थिए। बाल क्लबको गठनपछि बाल बालिकाहरुमा फरक आएको उनी बताउछन्। नेतृत्व विकास र आत्मविश्वास उनको अहिलेको उपलब्धी हो। गाहा भन्छन्, ‘पहिला बोल्न डर लाग्थ्यो कहाँ के बोल्ने कसरी बैठक सञ्चालन गर्ने थाहा हुँदैनथ्यो अहिले सबै सिकेको छु।’

बाल क्लबको महिनामा एक पटक बडा कार्यलयमा बैठक पनि बस्दै आएको छ। उनीहरु त्यहाँ बालबालिकाका समस्या, आवश्यकताका कुरा गर्छन् र वडा कार्यालयमा माग समेत गर्ने गरेका छन्। हरेक शनिबार बिहान वुटवल मा.विको प्राङगणमा उनी फुटवल, भलिबल, ब्याडमिन्टन, क्रिकेट खेल्न पुग्छन्। खेल सामाग्री वडाले उनीहरुलाई उपलब्ध गराएको। तर सामाग्रीहरु बिग्रीएमा वा हराएमा फेरि पाउन गाह्रो छ।

खेलमा मात्र होइन बाल क्लब गठन भएपछि त उनीहरु टा«फिक नियम सम्बन्धी जानकारी र विभिन्न चेतनामूलक कार्यक्रममा सहभागी हुने अवसर पनि पाएका छन्। बाल क्लब गठन गरेर यसरी वडा अध्यक्ष, नगरपालिका प्रमूख, मन्त्रीलगायतका ठूला-ठूला मान्छेहरुसँग बसेर बालबालिकाका समस्याहरु प्रत्यक्ष राख्न पाउदा गाहा खुशी भएको बताउछन्। तर उनी भन्छन्,‘खेल खेल्नका लागि खेल मैदानको अभाव छ, बालकहरु खेल खेल्न मन पराए पनि बालिकाहरु भने डान्समा रुचि राख्ने गरेका छन्।’  बाल क्लबका लागि चाहिने सामाग्रीहरु पर्याप्त छैनन् उनले भने। बरु वडामा डान्स स्टुडियो पनि भइ दिए हुन्थ्यो। बाल क्लबमा हाल २० जना सदस्य रहेका छन्।

त्यस्तै तिलोत्तमा क्याम्पसमा अहिले कक्षा १२ मा पढ्ने तेजस्बी पाण्डे वडा नम्बर ४ की बाल क्लब अध्यक्ष हुन्। बाल क्लब गठन पछि उनी पनि गाहा जस्तै आत्मविश्वासी भएकी छन् । उनी मात्र होइन क्लबका अन्य सदस्य पनि बोल्न सक्ने, आफ्ना कुरा राख्न सक्ने भएको उनी बताउछिन्। उनी भन्छिन, ‘बाल क्लब गठनले त बालबालिकालाई राम्रो भएको छ। हाम्रो शिक्षामा पनि यो क्षमता र नेतृत्वले सहयोग पुग्दो रहेछ।’ बाल क्लबको नेतृत्वपछि टोल टोलका सचेतना कार्यक्रम लिएर पुग्छिन्। पहिले र अहिले बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन भएको पाण्डेले बताइन्। बाल क्लब गठन भएपछि वडाको आयोजनामा उद्घोषण तालिम लगायतका विभिन्न कार्यक्रममा सहभागी भएको उनी उनले बताइन्।

तर बालबालिकाको समग्र विकासका लागि आवश्यक सामाग्री अझै पूरा हुन् सकेका छैनन्। बाल क्लब गठनको २ वर्ष पूरा हँुदासम्म पनि आवश्यकता पूरा हुनुपर्ने होे उनले भनिन्। लाइबे्ररी, खेलमैदान, बाल नीतिलगायतका बालबालिकाका लागि आधारभुत जानकारीको पनि आवश्यक रहेको भन्दै उनले यस्ता कुरामा ध्यान दिन नगरपालिकासँग आग्रह गरिन्।

बुटवल उपमहानगरपालिका सामाजिक शाखा प्रमूख तुल्सा शर्मा बाल क्लबको गठनले चौतर्फी विकाशमा सहयोग पुग्ने बताउछिन्। बालबालिकाका आफ्ना समस्या आफैँ सुनाउदा नीति निर्माण गर्न सहज र सजिलो हुने उनको तर्क छ। बालबालिकालाई निर्णायक तहमा पुर्‍याउन र नीति निर्माण तहमा बाल बालिकाको पहुँच पुर्‍याउन भन्दै एक स्थानीय तह एक बाल क्लब र यु्वा क्लबको गठन गरेको २ वर्ष पूरा भएको छ। नगरमा नगर स्तरिय बाल क्लब पनि गठन भएको छ।

प्रमूख शर्माका अनुसार बाल बालिकाका लागि ठ्याक्कै यति बजेट भनेर छुट्टाइएको छैन। तर ७ देखि १० लाख सम्मको बजेट बालबालिकाका लागि खर्च हुने गरेको छ। बाल क्लबका लागि यो बजेट पर्याप्त भने होइन शर्मा भन्छिन्, ‘त्यसको लागि हामी छलफल गर्देछौं। लक्षित बर्गका लागि भनेर बजेट छुट्याउन सकेमात्र प्रभावकारी हुने उनको भनाइ छ। यो विषयमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार संवेदनशिल हुन् जरुरी रहेको उनले बताइन्। स्थानीय बालमैत्री नीति नहुँदा बालबालिकाका क्षेत्रका काम प्रभावित हुने गरेको शर्माले बताइन्।

Comments
Loading...
You might also like