पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी

birami pp
लोकपाटी न्यूज

राजविराज, १९ माघ। सप्तरीको सुरुङ्गा नगरपालिका ७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आइतबार ६७ जना बालबालिका बिरामी परेका छन्। राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाको प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमूख मुक्तिनाथ चौधरीले बताए।

उनका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मूर्ति विसर्जनपछि सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावहरु एक्कासी बिरामी भएको नगरपालिका प्रमूख चौधरीले जानकारी दिए। एक दिन पहिले बनाएको बासी तरकारी र बुनियाको प्रसाद खाँदा ‘फुुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमूख बुनिलाल यादवले बताए।

प्रमूख यादवका अनुसार अहिले सम्म ६७ जना फुुड प्वाइजनिङ भएर बिरामी परेका बालबालिका तथा अभिभावकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको बताए। बिरामीको स्थानीय स्वास्थ्य संस्थामा चाप बढेपछि त्यहाँको विद्यालयमा राखेर जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमूख यादवले भने। नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्