चीनमा ५.१ म्याग्निच्युडको भूकम्प

Earthquake
सांकेतिक तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। चीनको सिचुआन प्रान्तमा भूकम्प गएको छ। नोबेल कोरोना भाइरसको संक्रमणका कारण समस्यामा रहेको चीनको सिचुआनमा सोमबार बिहान ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पका कारण ठूलो भौतिक क्षति भएको छैन। मानवीय क्षतिको भएको खबर पनि नरहेको सिन्ह्वाले जनाएको छ। तर भूकम्पको धक्काले स्थानीय बासिन्दा भने त्रसित भएका थिए। उनीहरु घर बाहिर निस्किएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्