कुखुराको मासुको नाममा कौवाको मासु बेचेपछि

crow2
लोकपाटी न्यूज

काठमाडौं। कुखुराको मासुको नाममा कौवाको मासु बेचिएको पाइएको छ। भारतको तामिलनाडुस्थित रामेश्वरममा यस्तै एक घटना फेला परेको छ। सडक किनाराको एक ठेलामा जब खाद्य विभागले छापा मार्‍यो तब सरकारी अधिकारीहरु हैरान भए।

ठेलामा सस्तोमा विकिरहेको चिकेन अर्थात् कुखुराको मासु नभएर कौवाको भएको फेला परेको छ। कुखुराको मासुको नाममा कौवाको मासु बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनीहरुको साथबाट १ सय ५० वटा मरेका कौवासमेत फेला पारिएको छ।

प्रहरीका अनुसार चिकेनको नाममा कौवा बेचेको आशंका रामेश्वरम मन्दिरमा आएकाहरुले गरेका थिए। हरेक दिन कौवालाई चारा खुवाउने केही श्रद्धालुले केही दिन यता केही मरेका कौवा फेला पारेका थिए। उनीहरुले कसैले कौवालाई मारिरहेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले अनुसन्धानपछि केही व्यक्तिले विषालु चामल चाराको रुपमा दिएर कौवालाई मार्ने गरेको तथ्य फेला पारेको थियो।

जब प्रहरीले कौवाको मासु बेच्नेसँग सोधपुछ गर्‍यो त्यसपछि उनीहरुले मारिएका कौवा साना पसलेहरुलाई बेचिएको र उनीहरुले चिकेन बिरयानी, चिकेन ललिपप भनेर बेचिरहेको र उनीहरुको कमाइ राम्रो रहेको बताएका थिए। सडक किनारामा राखिएका ठेलामा पाइने खाद्यपदार्थ विशेषगरि मासुका परिकार खानुहुन्छ भन्ने ख्याल गर्नुहोला। त्यस्ता ठेलामा अखाद्य सामाग्रीको प्रयोग भएको हुनसक्छ। नेपालमा पनि पछिल्लो समय ठेलाको व्यापार फस्टाउँदै गएको छ। भारतमा ठेला व्यापारीको घिनलाग्दो काम भेटिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्