टर्कीमा चार सैनिकको ज्यान गयो

sainik
लोकपाटी न्यूज

काठमाडौं। सिरियाली सरकारको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु भएको छ। सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा अन्य नौ जना सैनिक घाइते भएका र जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सिरियाली सैनिकले गरेको यस गोलाबारीका टर्कीका सेनाले प्रतिकार गरेको बताइएको छ। सिरियाली सरकारद्वारा जारी आक्रमणहरुलाई रोक्नको लागि टर्कीमा १२ वटा पर्यवेक्षण पोष्ट रेहका छन्।

यी पोष्टहरु टर्की र रुसबीच भएको सम्झौताको एक हिस्सा पनि हो। उक्त पर्यवेक्षण पोष्टहरूमा टर्कीले थप सेना पठाएको स्थानीय सेनाले आइतबार समाचार प्रकाशन गरेपछि सिरियाली सरकारको तर्फबाट सो गोलाबारी भएको बताइएको छ।

दमासकसका शासकहरुले टर्कीविरुद्ध यस प्रकारका प्रहार गर्दा सिरियाको विरुद्ध सैन्यशक्ति प्रयोग गरिने टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानले गत हप्ता चेतावनी दिएका थिए। टर्कीमा हाल ३५ लाख भन्दा बढी सिरियाली शरणार्थी रहेका छन्। इद्लीबमा नयाँ हिंसाबाट अन्य थप शरणार्थी आगमनको डर रहेको बताइएको छ।

लाखौं सिरियाली शरणार्थी प्रायः टर्की र सिरियाको सीमातर्फ भागेका छन्। टर्कीले सिरियाको सीमा क्षेत्रमा शरणार्थीहरुलाई आश्रय दिन घरहरू बनाउँदै गरेको एर्डोगानले यसअघि नै बताएका थिए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्