काठमाडौं। नोकियाले नयाँ फिचर फोन ल्याउने भएको छ। उक्त नयाँ फिचर फोनमा एउटा खास विशेषता रहेको नोकियाले दावी गरेको छ। उक्त फिचर फोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुने बताइएको छ।
प्रविधिसम्बन्धी समाचार प्रकाशित गर्ने वेबसाइट लभ नोकियाले हालै आफ्नो वेबसाइटमा नोकियाले ल्याउन थालेको नयाँ फोनको तस्वीर प्रकाशित गरेको थियो। नोकिया ४०० फोरजी नामबाट नोकियाले आफ्नो नयाँ फिचर फोन ल्याउन लागेको दाबी उक्त समाचारमा गरिएको छ।
उक्त फोनमा ब्लुटुथ तथा वाइफाई सर्टिफिकेसन प्राप्त भइसकेको बताइएको छ। ब्लुटुथ भर्सनका आधारमा उक्त फोन एक सस्तो मूल्यको फोन हुने अनुमान गरिएको छ।
यसमा वाइफाई सपोर्ट भएता पनि यो स्मार्टफोन भने हैन। यो फोनमा एन्ड्रोइडको ८.१ भर्सन अपरेटिङ सिस्टम हुनेछ। स्मार्टफोनमा हुने टचस्क्रिनको साटो यसमा फिजिकल बटनयुक्त किप्याड हुनेछ। त्यसमा गुगल असिस्टेन्ट, गुगल क्रोम था युट्युब जस्ता एन्ड्रोइड एपहरूउपलब्ध हुने बताइएको छ।
स्मरणरहोस् नोकिया ब्राण्डको स्वामित्व खरीद गरेसँगै एचएमडी ग्लोबलले नोकिया ब्राण्डका स्मार्टफोनसँगै फिचर फोन पनि बजारमा ल्याइरहेको छ। यसअघि कम्पनीले नोकिया २०५, नोकिया ३३१० तथा नोकिया ८११० लगायतका फिचर फोन ल्याइसकेको छ।