काठमाडौं। सवारी चालक अनुमति पत्रका लागि मोटरसाइकलको ट्रायल परीक्षामा सहभागी एक नक्कली प्रशिक्षार्थीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखावाट खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकास्थित नेपाल ड्राईभिङ ट्रायल सेन्टर, सुकेधारामा सञ्चालन भएको मोटरसाइकलको ट्रायल परीक्षामा सहभागी एकजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका ११ घर भई हाल किर्तिपुरको पाँगा बस्ने २१ वर्षीय ललित जोशी रहेका छन्। जोशी जुम्ला जिल्ला तातापानी-५ बस्ने श्रीप्रसाद दाहालको ‘ट्रायल’ परीक्षा दिन आएका थिए।
पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ।