पूर्वसांसद श्रेष्ठको निधन

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका पूर्वकोषाध्यक्ष तथा पूर्वसांसद श्रीराम श्रेष्ठको निधन भएको छ। ८१ वर्षका श्रेष्ठको उपचारका क्रममा निदान अस्पताल काठमाडौंमा सोमबार निधन भएको हो।

श्रेष्ठ २०४८ मा राष्ट्रिय सभामा सांसद थिए। देशको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको कांग्रसले जनाएको छ।

उनको निधनप्रति सभापति शेरबहादुर देउवाले विज्ञप्ती निकालेर गहिरो दुःख व्यक्त गरेका छन्। श्रेष्ठको निधनले एक सच्चा लोकतान्त्रिक योद्धाको क्षति भएको देउवाले विज्ञप्तीमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्