हङकङ। हङकङकी नेतृ क्यारी लामले सोमबार थप सीमा नाका बन्द गर्ने घोषणा गरेकी छन्। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकोले स्वास्थ्यकर्मी लगायतले नाका बन्द सरकारलाई दबाब दिएका थिए।
लामले सोमबार भनिन्, ‘कोरोना भाइरसको संक्रमण फैलन नदिने सीमा नाकामा मानिसहरुको आवतजावतमा घटाउने र सीमा नियन्त्रण गरिने छ।’
उनले मेनल्यान्ड चीनसँग सीमा जोडिएका लो वु र लो मा चु सीमानाका सोमबार रातिदेखि बन्द गरिने जानकारी दिइन्। त्यसैगरी हङकङ-मकाउको फेरि पनि बन्द गरिने नेतृ लामले बताएकी हुन्।
नेतृ लामको घोषणासँगै तीनवटा सीमाहरु हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, सेन्जेन बे बोर्डर र हङकङ-जुहायी-मकाउको पुलको क्रसिङ्समात्र खुला रहने भएका छन्। हङकङ सरकारले यसअघि पनि केही सीमा नाका अस्थायी रुपमा बन्द गर्ने घोषणा गरेको थियो।
कोरोना भाइरस तिव्र रुपमा फैलिएको बताउँदै विश्व स्वास्थ्य संगठनले शुक्रबार नै विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। फेब्रुअरी २ सम्मा चीनमा मात्र कोरोनाका कारण ३६१ को मृत्यु भएको छ भन् १७ हजारभन्दा बढी संक्रमित छन्। -सीएनएन